कालिकामा अन्तर आमासमुह हाजिरीजवाफ प्रतियोगिता

उज्यालो नेपाल-  चितवनको कालिका नगरपालिकामा अन्तर आमासमूह हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। कालिकाको वडा नं. १ मा रहेको जुटपानी एकेडेमी माध्यमिक विद्यलयले टोल विकास समिति अन्तर्गत आमा समूह बीच हाजिरीजवाफ प्रतियोगिता सन्चालन गरेको हो।

प्रतियोगितामा विभिन्न वडाका १२ वटा टोल विकास समितिका आमा समुहको सहभागी रहेको थियो। अभिभावकहरुलाइ पनि यस्ता विभिन्न कार्यक्रममा सहभागी गराउदा आफ्नो बाबूनानीहरुलाई  घरमा पनि शिक्षण सिकाइमा टेवा पुग्ने हेतुले कार्यक्रम उत्साहजनक सहभागीता रहेको बताउनु भयो। टोल बिकास सस्थाहरुले पनि टोल /टोलमा आमा समूह लाई जम्मा गरि सहभागी गराउदा शिक्षण सिकाइमा विद्यार्थीको पनि ध्यानाकर्षण हुने प्रमुख अतिथि बिमल कालखेती बताउनु भयो।

१२ टोल बिकास अन्तर्गत आमा समूह हाजिरीजवाफ प्रतियोगित लालिगुरास टोल बिकस प्रथम,डाडाटोल बिकस द्रोस्रो र सयुक्त टोल बिकस तृतीय भएका थिए।

जुटपानी एकेडेमी माध्यमिक विद्यलय प्रध्यानाध्यपक कमल प्रसाद सापकोटा को अध्यक्षता मा कार्यक्रम सन्चालन भएको थियो । उक्त विद्यलयमा ३९६ जना विद्यार्थीहरुको रहेको र २२ जना शिक्षक ,शिक्षिका रेहेको बताउनु भएको थियो। गत बर्ष को see २४ जना विद्यार्थीहरु सहभागी रहेकोमा, उत्कृष्ट अङ्क प्राप्त गर्न सफल भएको बताउनु भयो। सो कार्यक्रममा विशिष्ट अतिथी शिक्षक अभिभाबक संघ अध्यक्ष जमुना थापा नेपाल, सोम बहादुर खड्का , अतिथी कमल श्रेष्ठ , श्री बहादुर श्रेष्ठ ,कृष्ण प्रसाद घिमिरे, सहभागी रहेको थियो ।सो कार्यक्रम मा राजन पुस्तक पसलतथा स्टेशनरीले पुरस्कार सौजन्य गर्नु भयको थियो। बिद्यालयको शिक्षक शंकर दुवाडी कार्यक्रम सन्चालन गर्नु भएको हो

https://ujyaalonepalnews.com/?p=26824

Previous articleएकै दिन १५ हजारले अवलोकन गरे गैंडाकोटमा जारी औद्योगिक व्यापार मेला
Next articleसिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।