चितवन, चैत ५ । चितवनको माडीमा दश विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका राकेश चौधरी निर्वाचित भएका छन् ।
केहीबेर अघि सम्पन्न मतगणना अनुसार ११९ मत प्राप्त गर्दै चौधरी सभापतिमा निर्वाचित भएका हुन् । सत्तागठबन्धन र राप्रपा निकट विद्यार्थी संगठनसहितको संयुक्त प्यानलका रवि भुर्तेललाई १६ मतान्तरले पराजित गर्दै स्ववियू सभापति बनेका हुन् । चौधरीसंग पराजित भुर्तेलले १०३ मत मात्रै प्राप्त गरे ।

आज दिउँसो सम्पन्न मतदानबाट कुल २२८ मत खसेको थियो । यस्तै सचिवमा अनेरास्ववियुको समर्थनमा उम्मेदवारका बनेका विकास ओझा सचिवमा निर्वाचित भएका छन् ।
https://ujyaalonepalnews.com/archives/26909


