रत्ननगर- रत्ननगर वडा नं. १५ ले सुरु गरेको लोकसेवा तयारी कक्षाका विद्यार्थीहरुलाई लोकसेवा तयारी पुस्तक वितरण गरिएको छ। तयारी कक्षा लिईरहेका ३० जना विद्यार्थीहरुलाई नायबसुब्बा सुमार्ग दर्शन नामक पुस्तक वितरण गरिएको हो।
आईतबार माधवपुर माविमा आयोजित एक कार्यक्रममा वडाध्यक्ष आशिक तामाङले ८९० मूल्य पर्ने पुस्तक नि:शुल्क वितरण गरेका हुन्।

स्थानिय युवाहरुलाई सरकारी सेवामा आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेको छ। कक्षामा नायबसुब्बा तथा बागमती प्रदेशको पाँचौतहको पहिलो र दोश्रो पेपरको तयारी भईरहेको वडाध्यक्ष तामाङले जानकारी दिए ।
कार्यालयले यसअघि पनि १४०० मूल्य बराबरको नायब सुब्बा परीक्षा सारथी नामक पुस्तक नि:शुल्क वितरण गरेको थियो। कार्यक्रममा वडा सदस्य ईमप्रसाद पन्त, विद्यालय व्यवस्थापन समिति सदस्य मदन भुजेल लगायतको उपस्थिति रहेको थियो।
https://ujyaalonepalnews.com/archives/26912


