‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङदेनले सो सुझाव दिएका हुन ।

‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ,’ लिङदेनले टविट गर्दैै भनेका छन, ‘अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईं स्वयमलाई थाहा छ।’

https://ujyaalonepalnews.com/archives/26962

Previous articleछात्रालाई यौनदुर्व्यवहार गर्ने शिक्षकलाई जोगाउन प्रधानाध्यापकको अगुवाइमा सहमति प्रयास
Next articleरविलाई गृह दिन प्रधानमन्त्री लचक, माओवादीका मन्त्रीको मन्त्रालय हेरफेरको संभावना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।