भीमोदय माविका विद्यार्थीहरुलाई नेतृत्व क्षमता विकास तालिम

उज्यालो नेपाल, चैत्र १५-  विद्यार्थीमा नेतृत्व विकासको महत्व दिलाउन चितवनको कालिका पदमपुरमा रहेको भीमोदय नमुना माविले विद्यार्थीहरुको लागि दुईदिने नेतृत्व विकास प्रशिक्षण दिएको छ । विद्यालयमा रहेका विभिन्न १० ओटा क्लबका ५० जना  विद्यार्थी उक्त प्रशिक्षणमा सहभागी थिए ।

विद्यालयका प्रधानाध्यापक ईन्द्र पौडेलका अनुसार हरेक क्लबबाट ५/५ जना विद्यार्थीलाई प्रशिक्षणमा सहभागि गराइएको हो । विद्यार्थीले एकतहको नेतृत्व कक्षाकोठामै गरेका हुन्छन । त्यसलाई अझ व्यवहारिक बनाउन विद्यालयले प्रशिक्षण दिलाएको हो, ‘नेतृत्व भनेको असाधारण कुरा हो । सबैले सबै ठाउँ सही नेतृत्व लिन सक्दैनन्, त्यसैले नेतृत्व लिन चाहनेमा केही खुबि हुनुपर्छ ।’ उनले भने।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्याय, चितवनका चर्चित संचारकर्मी द्वय सुरज पौडेल र अजिता अधिकारीले प्रशिक्षण दिलाएका थिए । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रशिक्षण उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले विद्यार्थी जीवनमा असल ‘संगत र आहारविहार’ को विशेष महत्व रहेको बताए। जसले नेतृत्व गर्छ उही समाजमा स्थापित हुन्छ भन्दै रेग्मीले एकाग्रताका साथ तालिममा सहभागी भएर नेतृत्व विकास गर्न विद्यार्थीहरुलाई आग्रह गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठले विद्यार्थीलाई कुनै पनि संस्था वा समूहको नेतृत्व कस्तो हुनुपर्छ र नेतृत्व कसरी गर्ने भनेर सिकाउनका लागि प्रशिक्षण दिइएको जानकारी दिए । ‘यस्तो प्रशिक्षणले विद्यार्थीमा नविनतम सोच पलाउन सघाउने उनको भनाई छ । विद्यालयको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

 

https://ujyaalonepalnews.com/archives/27035

Previous articleगाउँमा युवालाई रोजगारी दिन्छु भनेर चुनाव जितेका जनप्रतिनिधि नै कोरिया छिरेपछि ….
Next articleमानव अधिकार समूह कालिकाका सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।