मानव अधिकार समूह कालिकाका सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम

0
67

उज्यालो नेपाल, चैत्र १५- कालिका नगरपालिका चितवनमा रहेको मानव अधिकार समुहका पदाधिकारी तथा सदस्यहरुको लागी क्षमता विकास तालिम सुरु भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकको आयोजनामा  दूइदिने कार्यक्रम वडा नं. ९ शक्तिखोरमा सुरु भएको ईन्सेक जिल्ला सहजकर्ता गायत्री गिरीले जानकारी दिईन् ।

कार्यक्रमको आज एक कार्यक्रमका विच वडाध्यक्ष निलकण्ठ मगरले उद्घाटन गरे । उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष मगरले शुभकामना मन्तव्य व्यक्त गर्दै तालिममा सहभागीहरुलाई एकाग्र भएर सिक्न आग्रह गरे ।

कालिकाको प्रत्येक वडा बाट एक-एक जनाको प्रतिनिधित्व हुनेगरी गठन गरिएको मानवअधिकार समूह कालिकाका ९ जना प्रतिनिधी र अन्य १६ जना गरि तालिममा २५ जना सहभागी छन् ।

तालिमलाई ईन्सेकका बागमती प्रदेश संयोजक गणेश भण्डारी र फोकल पर्सन बालुका न्यौपानेले सहजीकरण गर्नेछन् ।

https://www.ujyaalonepalnews.com/archives/27038

Previous articleशीर्ष नेताहरुको ध्यान गृह र अर्थ मन्त्रालयमै, भागबण्डामा सकस
Next articleनालामा डुबेर चितवनमा शिशुको मृत्यु