अमानविय घटना: सौराहामा जिउँदै हात्तीको सुँड काटियो

चितवनको सौराहामा एक निजी हात्तीको सुँड काटिएको छ। गएराति ११ बजेको समयमा अज्ञात समुहले दिपक खतिवडाको चनचलकली हात्तीको सुँड छिनाएको हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीले जानकारी दिए।

राती माउतेहरु सुतेको समयमा आएर हात्तीलाई आक्रमण गरेका हुन्। ‘माउतेहरु सुतेका रैछन्। एक्कासी हात्ती ठुलो स्वरले कराएर हेर्न जाँदा सुँड छिनाएको देखेछन्,’ उनले भने ‘सुँडको एक किलो जति मासु छिनेको छ।’ हात्ती रेखदेख गर्ने समुहबाट नै यस्तो हुन सक्ने व्यवसायीले अनुमान गरेका छन्। राती नै डाक्टर बोलाएर प्राथमिक उपचार गरेको उनले बताए।

हात्तीको सुँडको फिङ्गरको भाग काटिएको छ। जसले हात्तीलाई खाना समेत समस्या हुने उनले बताए। ‘हात्तीले पानी खाने नै सुँडले हो। त्यो काटिएको छ,’ उनले भने ‘हामीलाई कसरी खुवाउने भन्ने चिन्ता थपिएको छ।’ हात्ती ४५ बर्षको बुझिएको छ।

अहिले सौराहामा पर्यटकको संख्या बढी छ। यस्तो समयमा हात्तीहरु बिजि छन्। सौराहामा ३२ वटा निजि हात्ती छन्।

https://ujyaalonepalnews.com/archives/27107

Previous articleखोलेसिमलबाट सिक्किम भ्रमण गएका २ जनाको हिमपहिरोमा परेर मृत्यु
Next articleपुर्विचितवनमा आज विधूत अवरुद्ध हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।