खोलेसिमलबाट सिक्किम भ्रमण गएका २ जनाको हिमपहिरोमा परेर मृत्यु

0
76

चितवन । पुर्वी चितवनको कालिका नगरपालिका-६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका मध्ये २ जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । नेपाली समय अनुसार हिजो दिउसो मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको सिक्किम प्रहरीले पुष्टी गरेको छ ।

मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन । उनिहरु दुबै कालिका-६ खोलेसिमलका हुन । लामिछाने सो सस्थाका कार्य समिती सदस्य समेत थिए । सो हिमपहिरोमा परि सो सस्थाका करिब १ दर्जन सदस्य घाइते भएका छन भने ३ जनाको गम्भीर अबस्थामा उपचार भई रहेको प्रहरीले बताएको छ ।

कालिकाका मेयर विनोद रेग्मीले कालिकाको भ्रमण टोली पहिरोमा परेको पुष्टि गर्दै घाईतेको उपचार र मृतकको शव नेपाल ल्याउन पहल भईरहेको जानकारी दिए ।

सिक्किम स्थित अस्पतालमा उपचाररत हुनेहरूमा सो सहकारीका रमेश खनाल, ज्योति गुरुङ र गीता सापकोटा रहेका छन । पहिरोले सहकारीका २ जना सहित ७ जनाको मृत्यु भएको र घाइते १३ जना मध्ये ६ जना अस्पताल मै उपचाररत रहेको डिस्टिक्ट कलेक्टर, सिक्किमले बिज्ञप्तीमा जनाएको छ । सो सहकारीबाट २ वटा बसमा करिब ७० जनाको टोली भ्रमण गएको बताईएको छ ।

https://www.ujyaalonepalnews.com/archives/27104

Previous articleमानव अधिकार समूह कालिकाका सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम
Next articleकालिकाका ज्येष्ठ नागरिक र सुत्केरीलाई सम्मान