रत्ननगरमा मर्निङवाक गर्दागर्दै ढलेका एक पुरुषको ज्यान गयो

चितवन :पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा आज बिहान मर्निङवाक गर्ने क्रममा हृदयघात भएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–४ देवौलीका ५१ वर्षिय जीवन महतो रहेका छन् ।

रत्ननगर–९ खेतबारी रेष्टुरेन्ट नजिक उनको मृत्यु भएको टाँडी प्रहरीले जनाएको छ । बेलायतमा बस्दै आएका उनी चैते दशैँमा नेपाल आएका थिए । प्रहरीका अनुसार उनमा दिर्घरोग केहि थिएन ।

शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/27121

Previous articleमाधवपुर स्कुल स्क्रिप्ट
Next articleएकतोलाको सुन लुट्न दुई बालिकाको हत्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।