भाेली देखि चैनपुरमा राष्ट्रिय स्तरकाे फुटबल प्रतियाेगिता सुरु हुँदै

खैरहनी । पूर्वी चितवनकाे खैरहनीका १६ अाै दराई राष्ट्रिय नकआउट फुटवल प्रतियाेगिता हुने भएकाे छ । रामकाेला हाम्राे क्लवकाे आयाेजनामा खैरहनी २ चैनपुर स्थित जनजीवन माविकाे खेल मैदानमा भाेली शनिवारबाट प्रतियाेगिता सुरु हुने क्लवका अध्यक्ष सुनिल दराइले जानकारी दिए ।

आयाेजक क्लवले शुक्रवार वडा कार्यालयमा पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियाेगिता गर्नुकाे उद्देश्य र तयारीकाे बारेमा जानकारी गराएकाे हाे ।

प्रतियाेगितमा देशभरबाट १७ वटा टिमकाे सहभागिता रहने बताए । क्लव र दराई ईकाइ समितिकाे प्रतिनिधित्व गरेर टिमहरुले प्रतियाेगितामा सहभागिता जनाएका छन् ।

क्लब तथा इकाइ समितिले दराई समुदायकै खेलाडीहरु समावेश गराउनु पर्ने छ । प्रतियाेगितामा प्रथम हुने टिमले उपाधिसंगै एक लाख र दाेस्राे हुने टिमले ५० हजार पुरस्कार प्रदान गरिने प्रतियाेगिताका संयाेजक मदन दराईले जानकारी दिए ।

जिल्ला बाहिरबाट आउने खेलाडीकाे लागि खाना र आवासकाे समेत व्यवस्था गरिएकाे उनले जानकारी दिए । प्रतियाेगिता सम्पन्न गर्न मुल व्यवस्थापन समितिसंगै ६ वटा उपसमिती समेत बनाइएकाे छ ।

खेलकुदकाे माध्यमबाट जातीय पहिचान स्थापित गराउने उद्देश्यले फुटवल प्रतियाेगिता आयाेजना गरिएकाे क्लवका अध्यक्ष सुनिल दराईले बताए ।

वडाध्यक्ष राेहिणीप्रसाद उप्रेतीले प्रतियाेगिताले दराई समुदायकाे पहिचान स्थापितसंगै खैरहनीलाई राष्ट्रिय रुपमा परिचित गराउन सहयाेग गर्ने भएकाले स्थानीय सरकारले सहयाेग गर्ने बताए ।

https://ujyaalonepalnews.com/archives/31824

Previous articleसरकार र राहत शिक्षकहरुबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
Next articleअभिनेता केसी पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।