उद्घाटन अफर : पाँचसय पचास रुपैँयामै ‘मौलाकाली केबलकार’ चढ्न पाईने ( कसलाई कति ?)

८० वर्ष माथिका बृद्धबृद्धा र ३ फिट तलका बालबालिकालाई नि:शुल्क

गैँडाकोट । नयाँवर्ष अर्थात बैशाख एकगतेदेखि सञ्चालनमा आउने तयारीमा रहेको मौलाकाली केबलकारले यात्रुहरुका लागि टिकटदर सार्वजनिक गरेको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले नयाँवर्षको अवसरमा बैशाख १ गतेदेखि सुरु गर्न लागेको केबलकारको टिकट मूल्य सार्वजनिक गरेको हो ।

उद्घाटनको अवसर पारेर केबलकारले दुइतर्फी मूल्य (आउन र जान) रु ५५० कायम गरिएको जनाएकाे छ । केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि रु ४१५ र अपागंहरुको लागि रु २७५ को टिकट दर रहेको जनाएको छ । केवलकारले सार्वजनिक गरेको यो टिकटको मूल्य केहिसमयका लागि मात्रै हो ।

त्यसैगरी मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फुटभन्दा तलका बच्चाबच्चीहरुको लागि नि:शुल्क सेवा दिने जनाएको छ । मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आईएमइ पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत समेत टिकट प्राप्त गर्नसक्नेछन् ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि बैशाख एकगतेदेखि नै केबलकार सञ्चालनमा आउने भएपनि औपचारिक उद्घाटन मध्य बैशाखसम्म गर्ने तयारी रहेको छ । एकहजार दुईसय मिटर लामो केबलकारमा ६ वटा टावर निर्माण गरिएको छ । १२ वटा यात्रुुबोक्ने डब्बा (गोन्डुला) र एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा राखिएको छ । एउटा (गोन्डुला) डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ। हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ।

https://ujyaalonepalnews.com/archives/27137

Previous articleरास्वपाबाट सांसद ढाकाकुमार श्रेष्ठ निष्काशित, सांसद पद पनि गयो
Next articleसञ्चालनमा आयो मौलाकाली केबलकार, ५ मिनटमै मन्दिर पुग्न सकिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।