गैँडाकोट, बैशाख २ । नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँवर्षको अवसर पारेर हिजोबाट सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए ।
शुक्रबार बिहान विहान ६ वजेदेखि केबलकार सञ्चालनमा आएको हो ।केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं। ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए ।
केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्नसकिनेछ । करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य ५५० कायम गरिएको शाहले जानकारी दिए ।
उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि रु ४१५ जेष्ठ नागरिकहरुको लागि ४१५ र फरक क्षमता भएकाहरुको लागि रु २७५ को टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निस्शुल्क सेवा दिने जनाएको छ ।
https://ujyaalonepalnews.com/archives/27141


