सामाजिक सञ्जालमा निर्मम गालिगलौजको सामना गरिरहेकी युवतीसँग रवि लामिछानेले मागे माफी

काठमाडौं । आफ्नो अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा नकारात्मक गालिगलौज सामना गरिरहेकी युवतीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटेर माफी मागेका छन् ।

चितवन-२ को उपनिर्वाचनको क्रममा केही युट्युब च्यालनलमा अन्तर्वार्ता दिँदा बोलेका शब्दलाई लिएर युवतीमाथि रास्वपा समर्थकहरूले अश्लील गाली गर्नुका साथै व्यङ्ग्य गरेका थिए ।

यसपछि मानसिक पीडा भोगेकी युवती र उनको परिवारलाई बुधबार भेट्दै लामिछानेले गाली गर्नेहरूको तर्फबाट आफूले माफी मागेका हुन् ।

”तपाईँ छोरी जस्तो, बहिनी जस्तो मान्छे । तपाईँलाई कति नराम्रो भने, मेरा लागि त्यो राम्रो कुरा होइन,” लामिछानेले भने, ”आफूलाई लागेको कुरा यसरी नै व्यक्त गर्नू । राजनीतिमा मन नपरेको मानिसलाई मज्जाले गाली गर्न पाइन्छ ।”

उनले अगाडि भने, ”मैले भनेर कसैले गाली गरेको होइन, जसले गरेपनि मैले माफी माग्छु ।”

भिडिओ बाहिरिएपछि धेरै तिरबाट नकारात्मक कुरा आइरहेको सुनाउँदै युवतीकी आमाले यसबाट आफ्नो छोरीले मानसिक यातना भोगेको सुनाइन् । साथै गाली गर्ने व्यक्तिहरू विरुद्ध प्रहरीकहाँ उजुरी दिन छलफल गरिरहेको समेत उनले बताएकी छन् ।

https://ujyaalonepalnews.com/archives/27167

Previous articleचितवनमा रवि लामिछानेको अग्रता कायमै
Next articleबुबाको मृत्यु, आमा जेलमा, हेरचाह गर्ने कोही नहुँदा छ वर्षिय छोराको बिचल्ली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।