नक्कली शरणार्थी प्रकरणमा प्रमलाई रविको प्रश्नः एउटै फाइलले ज्वरो निकाल्यो?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको भन्दै खबरदारी गरेका छन्। उनले अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानलाई छोड्यो भने रास्वपा हेरेर नबस्ने चेतावनी पनि दिएका छन्।

बुधबार सामाजिक संजालमार्फतमा उनले यस्तो बताएका हुन्। सभापति लामिछानेले प्रधानमन्त्रीलाई एउटै फाइलले ज्वरो आएको भन्दै व्यङग्य पनि गरेका छन्।

उनले भनेका छन्, ‘शिर्ष नेताहरुको तिब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहिन, नाम आएकाहरु माथीको अनुसंधान फितलो!!! खबरदार, अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको ूजगजाहेर तान्डवूलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस!!’

https://ujyaalonepalnews.com/archives/27217

Previous articleरत्ननगरमा जेठ एक गतेदेखि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने
Next articleबालकृष्ण खाँणलाई आजै अदालत लैजाने तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।