रत्ननगरमा जेठ एक गतेदेखि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने

0
65

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा जेठ एक गतेदेखि राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीले संगठनको ३४औं स्थापना दिबसको अबसरमा प्रथम रत्ननगर कप खुल्ला नकआउट फुटबल प्रतियोगिता गर्न लागेको हो ।

टिकौली चौरमा हुने सो प्रतियोगिताको पुरस्कार रासी २ लाख २२ हजार २२२ रहेको राष्ट्रिय युवा संघ नगर कमिटी अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुने टिमलाई १ लाख ११ हजार १११ पुरस्कार प्रदान गरिने छ ।

राष्ट्रिय युवा संघको स्थापना दिबसको अबसर पारेर पूर्वी चितवनमै पहिलो पटक सबैभन्दा ठुलो पुरस्कार राशीको राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पन्तले बताए । प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ ।

चितवनमा खेल पर्यटनको विकास, युवा तथा खेलाडीको क्षमता अभिबृद्धि, व्यवसाय प्रर्बधन, सामाजिक बाताबरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पन्तले बताए । प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगितालाई भब्य र अनुशासित बनाउन तयारीको कामलाई बुद्धिमताका साथ अगाडि बढाइएको अध्यक्ष पन्तको भनाई छ ।

https://www.ujyaalonepalnews.com/archives/27214

Previous articleफरार टोपबहादुरको घरमा प्रहरीको छापा
Next articleसामान्य अङ्कले घट्यो नेप्से