टिकौली जंगलमा सवारी दुर्घटना: एकजनाको ज्यान गयो

उज्यालो नेपाल: पूर्वपश्चिम राजमार्ग अन्तर्गतको रत्ननगर – भरतपुर सडकखण्डमा पर्ने टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

रत्ननगर बाट भरतपुर तर्फ जाँदै गरेको ना. ४ ख ६६७४ नम्बरको खाना पकाउने एलपी ग्याँस बोकेको ट्रकको ठक्करबाट वागमती प्रदेश नं. ०३- ००२ प ७६८८ नम्बरको स्कुटर चालक भरतपुर महानगरपालिका वडा नं ११ घर भएका २० वर्षिय सागर तामाङको मृत्यु भएको हो ।

स्कुटरमा सवार सोही स्थान बस्ने विशान्त ढकाल गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

ठक्कर दिने ट्रक घटनास्थलमा पल्टिएको छ। ट्रकचालक तनहुँका  ढकबहादुर तामाङ प्रहरी नियन्त्रणमा छन्।

https://ujyaalonepalnews.com/archives/27433

Previous articleसंसदमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै
Next articleश्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।