संसदमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

काठमाडौं- सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल प्रारम्भ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएपछि छलफल प्रारम्भ हुनेछ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ११ बजे बस्ने गरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल सुरु गरिने संसद सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफल गर्न आजदेखि ११ गतेसम्मको दिन तोक्नुभएको छ । नीति कार्यक्रममाथि राष्ट्रियसभामा पनि आजदेखि छलफल हुँदैछ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजदेखि ९ गतेसम्म छलफल हुने जानकारी दिनुभएको हो । उहाँका अनुसार ९ गते नै प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रमसमेत रहेको छ ।

https://ujyaalonepalnews.com/archives/27431

Previous articleगुल्मीदरबार गाउँपालिका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा
Next articleटिकौली जंगलमा सवारी दुर्घटना: एकजनाको ज्यान गयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।