‘सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ’: प्रधानमन्त्री

 काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताउनुभएको छ ।

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘म कुमाल समुदायसहित नेपालका सबै अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा छु । सानो संख्यामा रहेपनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका रहेको छ ।

यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठूलो छ ।’ उहाँले सबै अल्पसंख्यक सिमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्धाप्रति सरकार दृढ रहेको बताउनुभयो । प्रधामन्त्रीसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाल लगायतको उपस्थिति रहेको थियो ।

https://ujyaalonepalnews.com/archives/27534

Previous articleसडक कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै स्थानीयद्वारा काममा रोक
Next articleमनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।