सडक कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै स्थानीयद्वारा काममा रोक

सिरहा- मिर्चैया- कटारी-घुर्मी सडक खण्डको मिर्चैयाको कटारी सडकखण्डमा कालोपत्रेको काम गुणस्तरीय नभएको स्थानीयले बताएका छन् ।

सामान्य पानी पर्दा समेत पिचमा पानी जम्‍ने र साइडको ब्लक भासिएपछि स्थानीय आक्रोशित भएका छन् । सडकखण्डमा कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले काममा रोक लगाएका छन् ।

बारम्बार गुणस्तरहीन काम भएको भन्दै ठेकेदारलाई गुनासो गर्दा कुनै सुनुवाई नभएको स्थानीयले बताए ।

काम गुणस्तरहीन पुष्टि भए कारवाही गरिने सडक डिभिजन कार्यालय लहानका प्रमुख रबिन्द्र लाल दासले बताउनु भयो । कालोपत्रे र मेसिनरी कामको जिम्मा बजरंग बली कन्स्ट्रक्सन सिराहाले लिएको सडक कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/27533

Previous articleनदीमा डुबेर दुई युवतीको मृत्यु
Next article‘सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ’: प्रधानमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।