दार्चुलामा महाकाली राजमार्ग अवरुद्ध

दार्चुला- दार्चुलामा महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको दार्चुला-गोकुलेश्वर खलंगा सडकखण्डको तेर्छालेकमा हिलोसहितको पहिरो खस्दा अवरुद्ध भएको हो ।

गएरातीको वर्षाले हिलोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरो एक किलोमीटर क्षेत्रमा फैलिएको छ ।

सडक अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैन् । अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/27653

Previous articleमोरङमा १० करोडको लागतमा कृषि फर्म सञ्चालन 
Next articleसंयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।