कांग्रेसद्वारा आज पनि प्रदेशसभा बैकठ अवरुद्ध, बैठक स्थगित

विराटनगर, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदारमाथि झुठो मुद्दा लगाइएको भन्दै कांग्रेसले सोमबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसको अवोधपछि प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित भएको घोषणा गरेका छन् ।

सभामुख भण्डारी मंगलबारसम्मका लागि बैठक स्थगन भएको घोषणा गरे ।

यसअघि यसै विषयलाई लिएर कांग्रेसले आइतबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

कांग्रसको अवरोधपछि बैठक सोमबार अर्थात् आजका लागि सरेको थियो ।

The post कांग्रेसद्वारा आज पनि प्रदेशसभा बैकठ अवरुद्ध, बैठक स्थगित appeared first on Koshi Online.

मेगा बैंकद्वारा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम

Previous articleक्यानडाको सिनेटका सभामुख नेपालमा
Next articleगच्छदार जेल जाने भएपछि माधव नेपालसँगको गोप्य सहमति खुल्यो, कोटेश्वरको नाकमुख सुक्यो !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।