क्यानडाको सिनेटका सभामुख नेपालमा

काठमाडौं, २७ माघ । क्यानडाको सिनेटका सभामुख जर्ज जे फ्युरी काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणका लागि उनी सोमबार काठमाडौं आइपुगेका हुन् ।

सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनधि मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाल–क्यानडा संसदीय मैत्री समुहका संयोजक एवं सांसद खगराज अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र फ्युरीबीच भेटवार्ता भएको छ । उनीहरूबीच संघीय संसद सचिवालय भेटवार्ता भएको हो ।

सभामुख जे फ्युरीले भोलीे प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग भेटवार्ता गर्ने र पाटन म्युजियम भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।

The post क्यानडाको सिनेटका सभामुख नेपालमा appeared first on Koshi Online.

बामदेवलाई राष्ट्रियसभाको सदस्य बनाउने नेकपाको निर्णय

Previous articleवाइड बडी नेपाली उद्धार गर्न चीन जाँदै
Next articleकांग्रेसद्वारा आज पनि प्रदेशसभा बैकठ अवरुद्ध, बैठक स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।