सिकाई केन्द्रलाई गतिशील बनाउन सरोकारवालाहरु बिच अन्तर्क्रिया

रत्ननगर – रत्ननगरको पिठुवामा रहेको पिठुवा सामुदायिक सिकाई केन्द्रलाई गतिशील बनाउन सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ।

केन्द्रका भावी योजनाहरू तयार गर्न र मार्गनिर्देशनको लागी अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको केन्द्रका नवनिर्वाचित अध्यक्ष नेत्र घिमिरेले जानकारी दिए।

वडा नं. १६ को सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

सहभागीहरुले नवीनतम प्रविधिको उपयोग गर्दै दैनिक जीवनमा आवश्यक पर्ने सीपहरु देखि बालबालिकालाई संस्कार सिकाउने सम्मका कार्यक्रम ल्याउन सुझाव दिएका छन्। सिप सिक्ने तर कार्यान्वयनमा नल्याउने प्रवृत्ति हावी रहेकोमा चिन्ता व्यक्त गर्दै सहभागीहरुले ” कार्यक्रम गर्नको लागी मात्रै ” कार्यक्रम नल्याउन आग्रह गरे।

२०७० सालमा स्थापना भएको केन्द्रले रत्ननगरको वडा नं. १४, १५ र १६ लाई सेवाक्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरिरहेको छ।

https://ujyaalonepalnews.com/archives/27709

Previous articleसगरमाथा दिवसको अवसरमा पदयात्रा
Next articleअझै १५ दशमलव १ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।