उपेन्द्र यादवले भने–‘संविधानमा मूल भावना समेटिएको छैन’

जनकपुरधाम, २८ माघ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधानमा नेपाली जनताको मूल भावना नसमेटिएको बताएका छन् ।

नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालामा उनले यस्तो बताएका हुन् ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संवैधानिक रूपमा संस्थागत गर्नका लागि संविधान जारी भएको उल्लेख गरे ।

संविधानमा मौलिक हक, समावेशी, समानता, नागरिक स्वतन्त्रतालगायत उपलब्धिमूलक धारा भए पनि उनले यसको कार्यान्वयन पक्ष जटिल रहेको धारणा प्रकट गरे ।

यसैगरी अध्यक्ष यादवले संसदीय प्रणालीमा संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार नरहेको बताए ।

उनले सोही कारणले संविधानमा संसदीय गुण र सर्वोच्चता नरहेको विचार प्रकट गरे ।

उनले राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले संविधान संशोधन समानता, राज्य सञ्चालनमा समावेशिता र समान अवसरका लागि हुनुपर्नेमा जोड दिए ।

उनले राजपा र समाजवादी पार्टीले संविधान संशोधनका लागि ठोस रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याए ।

समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले परिवर्तनका लागि शक्ति आवश्यक रहेकाले शक्ति सुदृढीकरणका लागि कार्यकर्तालाई सङ्गठन बलियो बनाउन आह्वान गरे ।

The post उपेन्द्र यादवले भने–‘संविधानमा मूल भावना समेटिएको छैन’ appeared first on Koshi Online.

चार भन्दा बढी सन्तानलाई सेनामा प्रवेश गराउने अभिभावक सम्मानित

Previous articleटिका प्रसाईंको ‘नसकिने भो’ सार्वजनिक (भिडियो सहित )
Next articleउद्योगी व्यवसायीहरूका लागि सरकार जुनसुकै सहयोग गर्न तयार : प्रधानमन्त्री ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।