गोरखाको रानीपोखरीमा डुवेर एक बालकको मृत्यु

गोरखा- जिल्ला सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुवेर शुक्रवार एक बालकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–५ सिङ्लाका आठ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ करिव पाँचबजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएका थिए । पोखरीमा डुवेर उत्रन नसकेपछि साथीहरुले हारगुहार गरेका थिए । स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी लिलाराज लामिछानेले बताए । मृतक गुरुङ गोरखा नगरपालिका–६ डाँडगाँउ स्थित मामाको घरमा बस्दै आएका थिए ।

https://ujyaalonepalnews.com/archives/28111

Previous articleभारतबाट ल्याएको अवैध मलसहित ट्रक पक्राउ
Next articleनेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ: उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।