रत्ननगरका २३ जना महिलाहरुलाई व्यवसायिक कुखुरापालन तालिम

0
41

रत्ननगर, जेठ ३०- रत्ननगरका २३ जना महिलाहरुलाई व्यवसायिक कुखुरापालन तालिम प्रदान गरिएको छ । युएसएडको आर्थिक सहयोगमा एडवान नेपालले स्थानिय सरकार संगको समन्वयमा सुरु गरेको कोसिस परियोजनाले वडा नं. १४ गैरीगाउँका २३ जना विपन्न तथा सिमान्तकृत महिलाहरुलाई १५ दिने व्यवसायिक कुखुरापालन  तालिम प्रदान गरेको हो ।

तालिमको सोमबार एक समारोह बीच समापन गरिएको छ । समापन समारोहलाई सम्बोधन गर्दै एड्वान कि अध्यक्ष विन्दु थापा परियारले तालिममा सिकेका कुरा व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गरिन् । तालिमका सहभागीहरुलाई बोईलर, लोकल, गिरिराज लगायतको जातका कुखुराहरुको आहार व्यवस्थापन, मौसम अनुसारको रेखदेख, खोर निर्माणको तरिका, खोप, रोग नियन्त्रण, सरसफाई लगायतका विषयमा ज्ञान प्रदान गरिएको थियो ।

तालिममा रत्ननगर नगरपालिकाका पशुप्राविधिक सुन्दर बस्नेत र खैरहनी नगरपालिकाका पशु प्राविधिक टेकबहादुर ओलीले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा आयोजकको तर्फबाट सहभागीहरुलाई बिउ पुंजीको रुपमा ९६ हजार रुपिंया नगद प्रदान गरिएको थियो । विउपुँजी बाट महिलाहरुले सामुहिक रुपमा व्यवसायिक कुखुरापालन सुरु गर्नेछन् ।

समापन कार्यक्रममा कार्यपालिका सदस्य सानु भण्डारी, वडासदस्यहरु, एड्वान कि उपाध्यक्ष तीर्थकुमारी वि.क, लगायतको उपस्थिति थियो । परियोजनाले चितवन र गोरखाका विभिन्न पालिकाहरुमा विपन्न तथा सिमान्तकृत वर्ग लक्षित कार्यक्रम संचालन गरिरहेको छ । चितवनमा भरतपुरका ५ वटा वडा र रत्ननगरका ६ वटा वडामा कार्यक्रम संचालित छ ।

https://www.ujyaalonepalnews.com/archives/28204

Previous articleकर्णालीका स्रोत साधनको पहिचान गरी लगानी गर्न मुख्यमन्त्रीको सुझाव
Next articleअन्तर क्षेत्रीय व्यापार विस्तार गर्न ‘कनेक्टिभिटी’ आवश्यक : अध्यक्ष ढकाल