शहरबासीको कौसी खेतीमा आकर्षण

0
27

काठमाडौं- बढ्दो शहरीकरणसँगै कंक्रिटको जङ्गलमा रुपान्तरिक हुदै गइरहेको काठमाडौं उपत्यकाभित्र खेती भएको जमीन देख्‍नै मुस्किल हुँदै गएको छ । हालै मात्र भूमी व्यवस्था मन्त्रालयले गरेको खेतीयोग्य जमीनको लगत सङ्कलनमा उपत्यकाभित्रका सबै स्थानीय तहले प्रायः सबै व्यवसायिक जमिन रहेको विवरण पेस गरेका थिए ।

यसले काठमाडौंमा अब दशकअघिको जस्तो बाली लगाउने फाँटहरु हराउँदै घडेरीमा रुपान्तरण भएको देखाएको छ । खेतीयोग्य जमिन मासिंदै जाँदा काठमाडौंमा पछिल्ला वर्षहरुमा भने कौशी खेती फस्टाउँदै गएको छ ।

स्थानीय तहहरुले पनि सहयोग गर्न थालेपछि धेरैले व्यवसायिक रुपमा नै कौशी खेती गरिरहेका छन् । यस्तै खेती गरिरहनु भएको छ नारायण अधिकारीले । हलचोकस्थित अधिकारीको घरको कौशीमा अकबरे खुर्सानीका बेर्ना रोप्नका लागी तयार भएका छन् ।

यस्तै काँक्रा, घिरौला फर्सी र चुकन्दर खानका लागी तयार भैसकेका छन् । झट्ट हेर्दा यो खेतबारिमै लगाइएको जस्तो देखिन्छ । घरबाट निस्किने फोहोर र कोकोपिटलाई उहाँले मलको रूपमा प्रयोग गर्नुभएको छ भने मौसम अनुसारका फलफूल तथा तरकारी लगाउने गर्नुभएको छ ।

घरकै फोहोर व्यवस्थापन पनि हुने र फुर्सतको समय पनि उपयोग गरी आफैंले फलाएको फलफूल र तरकारी पनि खान पाइने भएकाले नै अधिकारीको परिवारलाई यस खेतीतर्फ तानिरहेको छ । घरको छतभरी अधिकारीको परिवारले तरकारी रोपेकाले टाढाबाट नै हरियाली देखिन्छ ।

परिवार र आफन्तलाई दिने तरकारी तथा फलफुल अब च्यारिटीलाई पनि दिने तयारी अधिकरीको छ । अध्ययनले सिए तथा इन्जिनियरिङ उतीर्ण गर्नुभएका अधिकारीले जस्तै घरको छतलाई नै प्राथमिकतामा राखेर कृषि क्षेत्रमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ । यसले हाम्रा भान्साका दैनिक आवश्यकतालाई अन्त्य नगरेपनि परनिर्भरता घटाउन भने केहि हदसम्म सहयोग गरिरहेको छ ।

https://www.ujyaalonepalnews.com/archives/28229

Previous articleवायु सेवा निगमले बिमान खरिद गरेरै छाड्छः मन्त्री किराँती
Next articleनेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो