संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै

काठमाडौं- संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिको बैठक आज विहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरुसंग छलफल गरिने सुनुवाइ समितिका सचिव पदम पाण्डेले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को बैठकबाट गत वैशाख २५ गते कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो । गत जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले उहाविरुद्ध उजुरी दिनका लागी १० दिनको समय तोकेको थियो ।

निर्धारित समयमा २९ वटा उजुरी परेका छन् । उजुरीकर्तामा बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताहरू, अभियन्ता र अन्य केही रहेका छन् ।

उजुरीकर्ताहरुसंगको छलफल सकिएपछि भोलीको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसंग छलफल गरिने पनि सचिव पाण्डेले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/28238

Previous articleधादिङको थोपल खोलाको बाढी बस्तीमा पस्दा मालेवगर डुवानमा
Next articleपर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।