भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी नियन्त्रणमा

कञ्चनपुर- विना स्वीकृति नेपाली भूभागमा आएर सडकको लेबल जाँच गरिरहेको अवस्थामा कञ्चनपुरको महेन्द्रनगरबाट भारतीय कन्सलटेन्सीका पाँच कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रमा जमिन नाप जाँच गरिरहेका भारतीय रिद्धिसिद्धि कन्सलटेन्सीका पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

“भारततर्फ सडक बनिरहेकाले यहाँ आएर जमिनको लेबल जाँच गर्न आएको भन्नेछ”, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले भन्नुभयो, “त्यसका लागि उनीहरू विना अनुमति आएको बुझियो । पक्राउ परेका पाँच जनालाई जिल्ला प्रशासन लगिएको छ ।”

जमिन नापजाँचका सामग्रीसहित लिएर आएका उनीहरूलाई स्थानीयवासीले जमिन जाँच गरिरहेको देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/28331

Previous articleविश्वका १११ देशमा फैलिसकेको मङ्कीपक्स भाइरसको सङ्क्रमण नेपालमा पहिलोपटक पुष्टि
Next articleधमाधम छात्रवृत्ति उपलब्ध गराउँदै निजी विद्यालय, चार सय ५७ ले बुझाए विवरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।