हावाबाट बिजुली बाल्ने देशकै पहिलो प्रविधि बन्द

नवलपुर- बाह्र बर्ष अघि निर्माण भएको हावाबाट बिजुली बाल्ने देशकै पहिलो प्रबिधि अहिले बन्द हुँदा स्थानीयमा मात्रै होईन त्यहाँ पुग्ने जो कसैलाई पनि चिन्तित बनाएको छ ।

पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादन एक बर्षदेखि मर्मत सम्भार हुन नसक्दा विद्युत् उत्पादन बन्द भएपछि स्थानीय अध्याँरोमा बस्न बाध्य भएको हुप्सेकोट गाउँपालिका वडा नं ५ का वडाध्यक्ष पदमबहादुर राना मगरले बताउनुभएको छ ।

बाह्र बर्ष अघि सुरु भएको यो नमुना परियोजनाबाट उत्पादित बिजुली २४ सै घण्टा प्रयोग गर्न पाउँदा उत्साहित भएका स्थानीय अहिले एक बर्ष देखि उचित मर्मत र सम्भार नहुँदा निराश भएका छन् । पटक पटक मर्मत गराउने गरे पनि प्रयास सफल नभएको वडाध्यक्ष रानामगरले बताउनुभयो ।

यो परियोजना नेपालकै नमुनाका रुपमा रहे पनि एक बर्ष देखि मर्मत र सम्भार नहुँदा बन्द भए पनि गाउँपालिकाले समेत कुनै चासो नदिएको स्थानीय समाजसेवी अमर सिहं बिकको भनाइ छ ।

दुई करोड रुपैयाँभन्दा बढीको लागतमा संचालित परियोजनाको हावाबाट १० किलोवाट र सोलरबाट दुई किलोबाट गरी १२ किलोवाट विद्युत उत्पादनको क्षमता रहे पनि बर्ष देखि मर्मत र सम्भार नहुँदा एक बर्ष देखि पुरै बन्द भएको छ । उत्पादन नै बन्द हुँदा गाउँपालिकाले चासो दिनुपर्ने स्थानीय समाजसेबी गोपाल बस्ताकोटीले बताउनुभयो ।

यस परियोजनाको मर्मतका लागि सहयोगीको मुख ताकेर यहाँका स्थानीय बसेका भए पनि अझैसम्म सहयोग नपाउँदा स्थानीयले अध्याँरोमा बस्न बाध्य भएका छन् ।

https://ujyaalonepalnews.com/archives/28333

Previous articleधमाधम छात्रवृत्ति उपलब्ध गराउँदै निजी विद्यालय, चार सय ५७ ले बुझाए विवरण
Next articleनसच्चिए भारतीय चलचित्र रोकौँ भन्दै  प्रमुख शाहद्वारा सञ्चार मन्त्रालयलाई पत्राचार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।