माटो जोगाउन प्राकृतिक खेती अभियान

काभ्रे- महिला जागरण समूहको आयोजना, प्राकृतिक रिर्सोसेस सेन्टरको सहयोग र बनेपा नगरपालिकाको सहजीकरणमा बनेपा नगरपालिका वडा नं ४ का कृषकहरुलाई माटो जोगाउन प्राकृतिक खेती अभियान, प्राकृतिक खेती सम्बन्धि ३ दिने तालिम सञ्चालन गरेको छ ।

तालिममा कृषकहरुलाई खेतमै लगेर प्राकृतिक खेतीको प्रकृया र यसको फाइदाको बारेमा जानकारी गराइएको महिला जागरण समूहकी अध्यक्ष निर्मला श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार, नमूनाको रुपमा बनेपा–४ मा यो कार्यक्रम सुरु भएको छ । यसलाई बनेपा नगरपालिकाका अन्य वडाहरुमा पनि बिस्तार गर्ने योजना उहाँको भनाइ छ ।

पछिल्लो समय कृषि उत्पादन बढाउनका लागि कृषकहरुले रसायनिक मल र किटनासक विषादी अत्याधिक मात्रामा प्रयोग गर्दा माटोको उर्बरता बिग्रनुको साथै त्यसको प्रत्यक्ष असर कृषकहरुको स्वास्थ्यमा परेकाले यसको रोकथामका लागि अभियानको रुपमा यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

अभियानमा सहभागी कृषकहरु यस कार्यक्रमले कृषि क्षेत्रमा सुधार ल्याउनेमा आशा जागेको बताउछन् । रसायनिक मल र विषादीको प्रयोगले माटो बिग्रने रहेछ भन्ने कुरा थाहा पाएको कृषकहरुको भनाई छ ।

माटो सुधार कार्यक्रमका लागि बनेपा नगरपालिकाले पनि आवश्यक सहयोग र समन्वय गर्न तयार भएको बनेपा नगरपालिकाका कृषि शाखा प्रमुख दिपेश दुलालले बताए ।

https://ujyaalonepalnews.com/archives/28338

Previous articleमधेस प्रदेश सरकारले ल्यायो रु ४४ अर्बको बजेट
Next article१२ वर्षपछि मूल नहरबाटै पानी सञ्चालन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।