जीप तथा माइक्रोबसका लागि नयाँ बसपार्कभित्र ५६ वटा टिकट काउण्टर थप

काठमाडौं- उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबसकालागि नयाँ बसपार्कभित्र ५६ वटा टिकट काउण्टर थप गरिएका छन् । काठमाडौँ महानगरपालिकाले सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्नकालागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट मात्रै लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएपछि काउण्टर थपिएका हुन् ।

यसअघि काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् ।

काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो । महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् ।

यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठूला सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्ने क्षमता रहेको छ ।

https://ujyaalonepalnews.com/archives/28352

Previous articleहेलम्बुले काठमाडौँबासीलाई लगाएको गुन तिर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
Next articleआइसिसी विश्वकप क्रिकेटका छनोट खेलहरु आजदेखि, पहिलो खेल नेपाल र जिम्वाबेबीच हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।