पाँचथर बाढीः बेपत्ता पाँच जनाको खोजी जारी, ठूलो परिमाणमा भौतिक संरचनामा क्षति

पाँचथर- अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा ५ जना बेपत्ता भएका छन् । एक जनाको भने उध्दार गरिएको छ । हेवा खोलामा आएको बाढीमा परी उनीहरु बेपत्ता भएका हुन् । बाढीले ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको बताइएको छ ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका समेत गरी ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै याङवरक गाउँपालिकामा ८ वटा घरहरू बगाएको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28356

Previous articleताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता
Next articleसङ्खुवासभास्थित हेवाखोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु, १७ जना सम्पर्कविहीन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।