विमलको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक

काठमाडौं- पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ । शनिबार साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमा फणिन्द्रकुमारी नेपालले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यास “पीपला” मा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटिएको छ ।

कार्यक्रममा वक्ताहरुले उपन्यासमाथि टिप्पणी गर्नुहुदै सरल भाषामा उत्कृष्ट बिम्बको प्रयोगले पुस्तकलाई अब्बल बनाएको बताउनुभयो । कार्यक्रममा बोल्नुहुदै लेखक विमलले सशस्त्र द्वन्द्वमाथि घनघोर प्रश्न पुस्तकले गरेको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/28358

Previous articleसङ्खुवासभास्थित हेवाखोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु, १७ जना सम्पर्कविहीन
Next articleबीस महिनाको काम चार महिनामै !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।