बाढीपछि माछा मार्नेको घुँइचो (फोटो फिचर)

धनकुटा- वर्षाका कारण नदिमा आएको बाढीले माछा बगाएर ल्याएपछि धनकुटाको मुलघाटस्थित तमोर नदीमा स्थानीयहरु माछा मार्नेको घुइँचो लागेको छ । वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथरमा जनधनको क्षति भएपनि धनकुटाको मुलघाट आसपासमा भने माछा मार्नेहरुलाई फाइदा पुगेको छ ।

तमोर तथा अरुण नदीमा बाढी आएपछि माछा मार्नेको भिड लागेको हो । नदीमा लेदो सँगै ठूला ठूला माछाहरु बगरमा भेटिन थालेका छन् । तर, एकातिर बाढी आउने र अर्कोतर्फ माछा मार्नेहरुको भीड बढ्न थालेपछि जोखिम पनि उत्तिकै बढेको छ ।

नदीमा बाढी आएपछि एउटै माछा २५ केजीसम्मको भेटिएको छ । यसअघि २०७२ सालमा एक सय केजीसम्मको माछा भेटिएको मुलघाटकी फुलमाया श्रेष्ठको भनाइ छ । तमोर भेटिएको माछा अहिले प्रतिकिलो एक हजार रुपैयाँसम्ममा बिक्रि भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/28365

Previous articleवित्तीय संरक्षण कार्यक्रम मोरङमा प्रभावकारी बन्दै
Next articleगुडिरहेको गाडीमा आकस्मिक आगलागी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।