सङ्खुवासभाको सभा र ताप्लेजुङको काबेली नदीमा जलसतह सतर्कता तहभन्दा माथि

0
69

कोशी- सङ्खुवासभाको सभा नदी तुम्लिङटार जलमापन केन्द्रको जलसतह सतर्कता तहसम्म पुगेको छ । यो बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अपिल गरिएको छ ।

सङ्खुवासभाको नुम र वरपरको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भइ बहने स-साना नदीहरूमा पनि आकस्मिक बहाव तथा कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम देखिएको छ ।

यसैगरी ताप्लेजुङको काबेली नदीमा जलसतह सतर्कता तहसम्म पुगेको छ । जलमापन केन्द्रको जलसतह अझ बढ्दो क्रममा रहेकोले काबेली र तमोरको तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैबीच कोशी प्रदेशको एक दुई स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । कोशीसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

https://www.ujyaalonepalnews.com/archives/28398

Previous articleगुडिरहेको गाडीमा आकस्मिक आगलागी
Next articleगण्डकीमा ३०० किमी सडक कालोपत्रे हुने