ईन्धनलाई छुट्याएको बजेट जोगाएर विकासनिर्माण

0
55

निराजन घिमिरे, रत्ननगर- रत्ननगरका जनप्रतिनिधिले ईन्धन खर्च जोगाएर विकासनिर्माणमा लगाएका छन् ।  रत्ननगरको वडा नं. तिनका जनप्रतिनिधिले आफ्नो लागी छुट्याईएको इन्धन बापतको बजेट खर्च नगरी किसानको लागी खर्च गरेको वडाध्यक्ष तथा रत्ननगरको आर्थिक विकास समिति संयोजक सोहेन्द्रराज खरेलले जानकारी दिए । 

वडाले चालु आर्थिकवर्षको बजेटमा ईन्धन शिर्षकमा दुई लाख १६ हजार रुपियाँ विनियोजन गरेको थियो । सामान्यतया यो शिर्षकमा छुट्याईएको बजेट वडाबाट हुने विकासनिर्माणमा प्रयोग हुने उपकरणमा लाग्ने ईन्धन खरिद, जनप्रतिनिधि र  वडामा कार्यरत कर्मचारीले ईन्धनको सुविधा लिंदै आएका छन् ।

तर वडाध्यक्ष खरेलले आफ्नो कार्यकालको सुरुवातमा वडाबाट ईन्धन सुविधा नलिने निर्णय गरेपछि अन्य जनप्रतिनिधिहरुले पनि उक्त सुविधा नलिने घोषणा गरेका थिए । यसरी बचत भएको रकम सिंचाईको लागी प्रयोगहुने कुलो र अन्य विकास निर्माणको काममा खर्च गरिएको वडाध्यक्ष खरेलले बताए ।

“आफ्नो सानो योगदानले पनि किसानहरुको ओठमा हाँसो छर्न सकिन्छ” भन्ने हेतुले पनि आफुहरुले ईन्धनको रकम कुलोमा खर्च गरेको वडासदस्य ईश्वर जमकट्टेलले बताए । सरसफाई गरिएको कुलोहरुबाट हाजिपुर क्षेत्रको झन्डै  १७० हेक्टर जमिनमा सिंचाई सुविधा पुगिरहेको छ ।

 

 

https://www.ujyaalonepalnews.com/archives/28436

Previous articleचार महिना श्रमदान गरेपछि रामनगरमा खानेपानी
Next articleधुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय