रत्ननगरमा दिउँसै घर फुटाएर ३३ तोला सुन चोरी

0
46

रत्ननगर, असार ५ । रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १२ मा दिनदहाडै चोरी भएको छ । वडा नं १२ का गोपाल ओझाकाे घरबाट नगद सहित ठुलो परिमाणमा सुनका गहना चोरी भएको हो ।

दिउसो करिब १२ बजेको समयमा ओझाको किसानचाेक स्थित घरबाट ३३ तोला ५० लाल सुन र साढे दुई लाख रुपैया चोरी भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

चोर घरको पछाडि पट्टीको ढोका फोरेर भित्र पसेको प्रहरीले जनाएको छ ।

घरको तल्लो तलाको कोठामा रहेको दराज फोरेर नगद र गरगहना चोरी भएको वडाध्यक्ष सुन्दरमणि सुवेदीले जानकारी दिए । चोरको खोजीकार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।

https://www.ujyaalonepalnews.com/archives/28451

Previous articleचार महिना श्रमदान गरेपछि रामनगरमा खानेपानी
Next articleधुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट दिने मन्त्रिपरिषद्को निर्णय