घुससहित तीन कर्मचारी पक्राउ

झापा- सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिँदै गर्दा उपसचिवसहित चारजनालाई रंगेहात पक्राउ गरिएको छ ।

ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक झापाका आयोजना व्यवस्थापक उपसचिवसरहका कर्मचारी हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले रंगेहात पक्राउ गरेको हो ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएको खुलेको छ । अख्तियारको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/28460

Previous articleविश्वकप क्रिकेट छनोट: नेपालले अमेरिकालाई हरायो
Next articleसुदूरपश्चिम प्रदेशमा आज शोक बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।