अमेरिकी कम्पनीको सहकार्यमा प्रदर्शन हुँदै ‘गुन्युचोलो’

काठमाडौं- पारलैङ्गिक कथामा बनेको चलचित्र ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । हलिउड निर्माण तथा वितरण गर्दै आएको अमेरिकन कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ले विश्वव्यापी प्रदर्शन अधिकार खरिद गरेपछि यसको नाम ‘गुन्युचोलो : कमिङ अफ एज अफ अ गर्ल’ राखिएको निर्देशक समुन्द्र भट्टले जानकारी दिनुभयो ।

“सम्झौता भएसँगै यसको अन्य प्राविधिक कामसमेत सोही कम्पनिअन्तर्गत रहेर गरिनेछ । फरक विषयवस्तुलाई उठान गरिएको चलचित्र विश्वभर प्रदर्शन हुँदा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण र प्रवर्द्धन गर्न सफल हुने विश्वास लिएकी छु”, निर्देशक भट्टले भन्नुभयो ।

समुदाय (लिङ्ग)भित्र पर्नेको जीवनमा ‘गुन्युचोलो’को महत्वलाई दृष्टिगत गर्दै परिवर्तित नामले कथालाई झनै मदत गरेको निर्देशक भट्टको भनाइ थियो । चलचित्रमा नाजिर हुसेन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतले अभिनय गर्नुभएको छ ।

यसमा कथा लेख्न निर्देशक भट्ट र पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/28549

Previous articleप्रतिनिधिसभामा भोलि आइतबारदेखि बजेटबारे मन्त्रीले जवाफ दिने
Next articleपूर्वी नेपालमा आएको बाढीले ३० जलविद्युत् आयोजनामा आठ अर्ब रुपैयाँ भन्दा बढीको क्षति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।