संखुवासभामा बाढीपहिरो अपडेटः बेपत्ताहरुको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन

संखुवासभा- संखुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर २० जना अझै हराइरहेका छन् । एक सातासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुरद्वारा खोजी भैरहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

नेपाल प्रहरीले धरानबाट लगेका तालिम प्राप्त मोति र पिक्कु नाम गरेका कुकुरहरुलाई हेवाखोला र सभाखोला किनारमा बेपत्ताको खोजी गर्न परिचालन गरिएको छ । यसैगरी प्रहरी, सेना र सशस्त्र प्रहरी गरी झण्डै एक सय सुरक्षाकर्मी पनि खोजी कार्यमा परिचालन गरिएको छ ।

बाढी पहिरोले खोला किनारमा थुपारेको ६० फिटभन्दा बढी बालुवाले खोजी कार्य प्रभावित बनाएको प्रजिअ कार्कीले जानकारी दिनुभयो । बाढीपहिरोमा परी बेपत्ता भएका २० जनामध्ये सुपर हेवाखोला जलविद्युत्का १६ जना, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्ट्रक्सनका एक र सभाखोपरी गाउँपालिकाका दुई जना छन् । बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २१ घरपरिवार विस्थापित भएका छन् ।

https://ujyaalonepalnews.com/archives/28580

Previous articleआगामी आ.ब.का लागि १० स्थानीय तहले सार्वजनिक गरे बजेट, बाँकी स्थानीय तहले आज सार्वजनिक गर्दै
Next articleघोडेपानीमा गुराँस ‘पार्क’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।