Home Uncategorized भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।

ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मंगलवार उनलाई पक्राउ गरेको हो ।

गुरुङलाई उनकै निवासबाट पक्राउ गरिएको सीआइबी स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार अरु पनि केहीलाई पक्राउ गर्ने तयारी छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए ।

https://ujyaalonepalnews.com/archives/28646

Previous articleझापामा अलगअलग घटनामा तीनजनाको मृत्यु
Next articleयुरोपेली संघद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।