Home Uncategorized अर्किड स्कुलमा मा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न

अर्किड स्कुलमा मा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न

भरतपुर असार १५, एक ठुलो समुहमा साना बालबालिका; केटाकेटी कोहि स्कुल ड्रेसमा, केही खेलकुद कार्यक्रम मा लगाउने हाउस ड्रेसमा र केही साधारण कपडामा जब हिलाम्य खेतमा धान रोप्दै र धान को बीउ को मुठा बोक्दै गरेको स्थानिय शारदा अम्गाइले देखेपछी उहाँको मनमा आनन्द र कौतुहल दुबै लाग्यो।

दृश्य थियो” २० औ राष्ट्रिय धान दिवस अवलोकन तथा सहभागीता कार्यक्रम” को भरतपुर महानगरपालिका वार्ड न ८ मा पर्ने बीस हजारी टोल विकास संस्था नजिक को खेतमा अर्किड स्कुल भरतपुर १० को अतिरिक्त क्रियाकलाप विभाग द्वारा आयोजित कार्यक्रम मा स्थानिय बासिन्दा को साथमा भएको दृश्य स्कुलको लागि निरन्तर कार्यक्रम भएपनी स्थानीय समुदाय को लागि केही नौलो थियो।

यसपालि मनसुन ढिलो हुँदा र पर्याप्त पानी नपरेको हुँदा असार -१५ अर्थात ” मानो रोपि मुरि फलाउने” दिन भरतपुर क्षेत्रका थुप्रै खेतहरू बाझै थिए तथापी जेनेरेटर र केही वर्षामा जम्मा भएको पानीबाट कहिकतै खेती गरियो ।

यहि अवसरमा अर्किड स्कुलले विद्यार्थीहरुलाइ खेतमै लगेर ; रोपाइ, पानीको महत्व, खेतिको परिश्रम, नेपालमा धान खेतिको अवस्था र असार महिनाको महत्व बारे प्रत्यक्ष जानकारी दियो। कार्यक्रम संयोजक तथा विद्यालय अतिरिक्त क्रियाकलाप प्रमुख प्रतिक्षा श्रेष्ठ का अनुसार ” यस प्रकारको कार्यक्रम विद्यालयको मौलिक कार्यक्रम को निरन्तरता हो, जसले सैद्धान्तिक ज्ञान र ब्यबहारिक प्रयोगको सहि बोध गराउने काम गर्ने गरेको छ।”

१०-१२ वर्षका बालबालिकाको खेतीपातीमा आकर्षण देखेर र त्यस प्रती स्थानीय को सहयोग देखेर आफुपनी खुशी भएको अनुभव केही शिक्षकहरूको छ। शिक्षिका संगीता ढकाल ले विद्यार्थीलाई पिउनको लागि जग र अम्खोरा बाट पानी ल्याइदिने र खेत रोपि सकेपछि हात खुट्टा धुन जेनेरेटर कै पानी उपलब्ध गराइदिने छरछिमेकको सदासयता ले आफुलाइ पनि गर्विलो बनाएको महसुस गर्नुभयो।

सामाजिक क्षेत्रमा सम्लग्न युवा तथा व्यवसायि बासु पौडेलले ” विद्यार्थी लाई अबलोकन र सहभागी गराइ गरिएको यश कार्यक्रम ले पछिल्लो पुस्तामा ” चामल फल्ने रूख कस्तो हुन्छ ” भन्ने मनोदशा मा सुधार गरि मौलिक सिर्जनात्मक र अन्वेषणात्मक क्षमताको बिस्तार गर्ने आशा व्यक्त गर्नुभयो।

अर्किड स्कुलको “धान दिवस” मा स्थल गत भ्रमण गराउने कार्य तेस्रो संस्करण रहेको जानकारी गराउदै विद्यालय ले यस दिनमै ; सामुहिक दहिचिउरा कार्यक्रम , असारे गीत, असारमहिमा झल्काउने कविता प्रतियोगिता र धान दिवस संग संबंधित निबन्ध प्रतियोगिता पनि सधै झै राख्दै आएको कार्यक्रम संयोजक प्रतीक्षा श्रेष्ठले बताउनु भयो।

https://ujyaalonepalnews.com/archives/28725

Previous articleकृषिलाई सहकार्य, सहकारी, सामूहिक प्रणालीबाट अघि बढाउनु पर्छ: अध्यक्ष ओली
Next articleबेरुजु घटाउन संसद्ले प्रभावकारी भूमिका खेल्छ : सभामुख घिमिरे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।