बाबा दामोदरा नन्द ब्रह्मचारी सङ्ग्रहालय अलपत्र अवस्थामा

सिरहा- सिरहाको मिर्चैया मोहन माध्यमिक विद्यालयमा अवस्थित बाबा दामोदरा नन्द ब्रह्मचारी सङ्ग्रहालयको अवस्था अलपत्र रहेको छ ।

सिरहा मिर्चैया मोहन माध्यमिक विद्यालय मिर्चैयामा २००३ सालमा स्थापना भएको बिद्यालय सिरहा जिल्ला कै पुरानो समुदायक बिद्यालयको रुपमा चिनिन्छ । बाबा ब्रह्मचारी दामोदरा नन्दले सिरहाको मिर्चैयास्थित सो विद्यालय स्थानीयबाट चन्दा संकलन गरी निर्माण गर्नु भएको थियो ।

सो विद्यालयमा रहेको बाबा ब्रह्मचारी दामोदर नन्द समाधी सङ्ग्रहलाय अहिले अलपत्र अवस्था रहेको छ । सङ्ग्रहलय भित्र बाबाले प्रयोग गर्दै आएको पोसाक र वहाँले प्रयोग गर्दै आएको खाना खाने भाँडाकुँडालगायतका अन्य सामाग्रीहरु अलपत्र अवस्थामा रहेका छन् ।

२०६३ साल माघ २३ गते दामोदरा नन्द समाधी सङ्ग्रहलाय निर्माण भएको थियो । बाबा ब्रह्मचारी दामोदरा नन्दको जन्म बिक्रम सम्बत् १९३० माघ संक्रान्तिका दिन भएको थियो । वहाँको १०८ बर्षको उमेरमा स्वर्गवास भएको थियो ।

वहाँको जन्मदिनको अवसरमा माघे संक्रान्तिका दिन प्रत्येक बर्ष स्कुलका बिद्यार्थीहरु बाबाको जन्म दिन मनाउने गर्छन् । श्री मोहन मा.बि.स्कुलको नाममा कयौं बिगाहा जग्गा जमिन रहेको छ । बर्षेनी लाखौं आम्दानी गर्ने स्कुलले आफ्नो स्थापनामा महत्वपूर्ण योगदान गर्ने बाबा ब्रह्मचारी दामोदार नन्दको समाधी सङ्ग्रहलयको भने अवस्था अलपत्र रहेको छ । सो बारे कसैले चासो नलिएको स्थानीयको गुनासो छ ।

https://ujyaalonepalnews.com/archives/28770

Previous articleभ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ
Next article१० वर्षमा बन्यो फोक्सिङटारको पक्की पुल, सडक नबन्दा उपयोगविहीन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।