लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल एमाले र सरकारबीच सहमती

0
64

दाङ- लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ । मंगलबार राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर आजदेखी सदन संचालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिनुभयो ।

एमालेसँग मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति गर्नु भएको हो । वार्तामा विपक्षी दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी बस्नु भएको थियो ।

सभामुख तुलाराम घर्तीले विपक्षी दलसँग सहमति भएको बताउनु भयो । असार १ गते आएको बजेटका विषयमा छलफल गर्न १३ गतेदेखि बसेको सदन प्रमुख विपक्षी दल एमालेले लगातार अवरोध गर्दै आएको छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा आज बुधबारका लागि बोलाइएको छ । प्रदेश सभा सचिव दुर्ललकुमार पुनमगरले अनिश्चितकालका लागि मंगलबार स्थगित भएको प्रदेश सभाको दोस्रो अधिवेशनको १७ औं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/28895

Previous articleआजको मौसम: केही स्थानमा भारी वर्षाको सम्भावना
Next articleइटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु