मुख्यमन्त्रीमा थापा नियुक्त

मोरङ- कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई आज नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ भने भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।

https://ujyaalonepalnews.com/archives/28964

Previous articleएसइई नतिजा : मध्यम विद्यार्थीलाई उत्कृष्टमा लैजान शिक्षाविद्को सुझाव
Next articleनवनियुक्त मुख्यमन्त्री थापाको जीवनी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।