तमोर नदीले बगाउँदा दुईजना सडक मजदुर बेपत्ता

धनकुटा- धनकुटाको चौबिसे गाउँपालिका-५ मुर्कुटे भन्ने स्थानमा तमोर नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा मकवानपुर जिल्लाको मनोहरीका १८ वर्षीय डुवा मोक्तान र ३२ का राज तामाङ रहेको प्रहरीले जनाएको छ ।

दुवै जना निर्माणाधीन तमोर करिडोर सडक आयोजनाका मजदुर रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो । उनीहरु सडकमा काम गर्ने क्रममा चिप्लिएर नदीमा खसेका र खोजी कार्य जारी रहेको डीएसपी कुँवरले जानकारी दिनुभयो ।

घटना बुधवार बेलुकी ५ बजेको भएपनि प्रहरीले बिहिबार अपरान्ह मात्र त्यसबारे जानकारी गराएको छ । वर्षाले अत्यधिक बाढी आइरहेकोले खोजतलासमा समस्या भएको प्रहरीको भनाई छ । घटनास्थलमा प्रहरी, स्थानीयबासी खोजतलासमा रहेको जनाईएको छ ।

यसैबीच, गएको असार ८ गते तमोर नदीले बगाएका इन्जिनियर सिद्धार्थकुमार खत्री अझै बेपत्ता छन् । मोरङको बेलवारी घर भएका खत्री साँगुरीगढी ९ दिलुङटारमा मोटरेवल पुल निर्माणको नापजा“चको क्रममा चिप्लिएर नदीमा खसेका थिए । उनको खोजी कार्य जारी राखिएपनि फेला पार्न नसकिएको प्रहरीको भनाई छ ।

https://ujyaalonepalnews.com/archives/28966

Previous articleनवनियुक्त मुख्यमन्त्री थापाको जीवनी
Next articleगठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ : नवनियुक्त मुख्यमन्त्री थापा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।