इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली टोलीको घोषणा, पहिलो खेल पाकिस्तानसँग खेल्ने 

काठमाडौं- इमर्जिङ टिम्स एसिया कपको लागि नेपाल क्रिकेट संघ क्यानले १६ सदस्यीय टिमको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको हो ।

एसिया कप १३ जुलाईदेखि श्रीलंकामा सुरु हुँदैछ । नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान पनि इमर्जिङ कप खेल्दै छन् ।

इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छन् ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । २१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल र २३ जुलाईमा फाइनल खेल हुनेछ ।

https://ujyaalonepalnews.com/archives/29019

Previous articleभक्तपुर अस्पताल १२०औँ वर्षमा प्रवेश, देशकै उत्कृष्ट भक्तपुर अस्पताल: मन्त्री जोशी
Next articleबैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।