सदस्यता वितरणमा बदनियत राखिएपछि पत्रकार महासंघ चितवनमा तालाबन्दी

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरिएको छ । शाखा सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएको सम्बन्धमा असहमती जनाउँदै प्रेस चौतारी नेपाल चितवन शाखाले आज(शनिवार) तालाबन्दी गरेको हो । चौतारीले महासंघको गेटमा ‘बदनियतपूर्ण ढंगले प्रदेश समितिमा पठाएको सूचि खारेज गर, क्रियाशील पत्रकारलाई सदस्यता दे’ लेखेको कालो ब्यानर टाँसेको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाबाट सिफारिस भई बागमती प्रदेश समितिबाट असार २१ गते चितवन शाखाको सदस्यहरको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएकोप्रति प्रेस चौतारी चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘पत्रकार महासंघ चितवनले सदस्यता नविकरणको नाममा प्रदेश समितिमा पठाएको नामावलीमा चितवन जिल्लामा क्रियाशिल रहेका पत्रकार, पत्रकार महासंघको स्थापनामा विशिष्ट योगदान गरेका र पत्रकारिता क्षेत्रमा अनुसन्धान गरिरहेका पत्रकारहरुको नाम नै काटेर बागमती प्रदेश समितिमा पठाएको सूचि तल्काल खारेजीको जोडदार माग गर्दछौं’, विज्ञप्तीमा भनिएको छ ।

पत्रकार महासंघ चितवनले २०८० चैत मसान्तसम्म २६४ जना सदस्यको विधानतः सदस्यता नविकरण गरेर रसिद समेत दिइसकेको सन्दर्भमा क्रियाशील पत्रकारहरुलाई बदनीयतपूर्ण ढंगले कत्लेआम गर्नेगरी गरिएको निर्णय नसच्याउँदासम्म पत्रकार महासंघ चितवन शाखामा गरिएको तालाबन्दी गरिएको प्रेस चौतारी चितवन शाखाका अध्यक्ष सुवास पण्डितले बताए ।

उनले प्रेस चौतारी चितवनले थालेको न्याय प्राप्तीको संघर्षमा गोलबद्ध भइ साथ र सहयोग गर्न चितवनका पत्रकार र पत्रकारिता क्षेत्रमा क्रियाशिल संघ संगठनलाई अपिल गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/29028

Previous articleमङ्गलाका किसान व्यावसायिक खेतीतर्फ
Next articleनेपालगन्ज उपमहानगरपालिकाको बजेट र नीति तथा कार्यक्रम पारित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।