सामाजिक सञ्जालको प्रयोगबारे बादविवाद प्रतियोगिता

रत्ननगर । रत्ननगर १३ स्थित अमिलिया युथ क्लव र अमिलिया बाल क्लबको आयोजना तथा अमिलिया टोल विकास संस्थाको समन्वयमा शनिवार अन्तर विद्यालय स्तरीय बालविवाद प्रतियोगिता गरिएको छ ।

सामाजिक सञ्जाल विष वा बरदान विषयक सो प्रतियोगितामा पञ्चकन्या विद्यामन्दिरकी विद्या शर्मा प्रथम, अन्नपूर्ण शिशु निकेतनकी सविक्षाविक द्धितीय,पञ्चकन्या माविकी स्मृती पाण्डे तृतीय भएका थिए ।

प्रथम हुनेलाई एक हजार ५००,द्धितीय हुनेलाई एक हजार र तृतीय हुनेलाई ५०० सहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको निर्णायकमा बविता खनाल र गोपीलाल श्रेष्ठ रहेका थिए ।

वडा नं १३ का वडाध्यक्ष पोष्टबहादुर घिमिरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा अमिलिया टोल विकास संस्थाका अध्यक्ष केशवराज पाठक, अमिलिया बाल क्लवका अध्यक्ष प्रतिक घिमिरे, अमिलिया युवा क्लवकी अध्यक्ष ज्योति अधिकारी,गोकर्ण खनाल, रामशरण घिमिरे, लगायतले मन्तव्य राखेका थिए ।

https://ujyaalonepalnews.com/archives/29045

Previous articleलघुवित्त पीडितको घोषणा: २५ गते प्रदेश र तीन दिन नेपाल बन्द
Next article‘सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।